हामी १० औँ वर्षमा
हामी आजबाट १० औँ बर्षमा प्रवेश गरेका छौ । २०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले सहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई बिशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकको भीडबाट ९ वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाज विहीनहरुको आवाज बन्दै आएको हाम्रो ठम्याई छ ।
साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको खबरमञ्च यो ९ बर्षमा सफल सञ्चार गृह ९खबरमञ्च मिडिया हाउस० बन्न सफल भएको छ । हामीले साप्ताहिकको रुपमा खबरमञ्च साप्ताहिक, डिजिटल रुपमा खबरमञ्च अनलाइन डटकम र वार्षिक रुपमा खबरमञ्च रंगीन पत्रिका प्रकाशन तथा सञ्चालन गरिरहेका छौँ । खबरमञ्चलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लाग्ने छौँ ।
पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी प्रतिबद्ध छौँ । साथै, आगामी दिनमा यहाँहरुको थप सल्लाह र सुझावको अपेक्षा गर्दछौँ । अन्त्यमा, पत्रिकालाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापनदाताले पुर्याउनु भएको सहयोगको उच्च मूल्यांकन गर्दै सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।
प्रकाश पोैडेल
प्रकाशक/ सम्पादक

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
