काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो ।
बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकडभिट्टा–विराटनगर र काँकडभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । प्रदूषण नियन्त्रण र स्वच्छ ऊर्जा प्रयोगलाई प्राथमिकता दिँदै कम्पनीले अब काँकडभिट्टा–ईलाम रूटमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
ईभी नेपाल यातायातले पर्यावरणीय उत्तरदायित्वसँगै यात्रुहरूलाई सुरक्षित, सहज र सुलभ सेवा दिने संस्थाका अध्यक्ष सन्तोस आचार्यले बताए ।
कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए भने, सदस्य ज्ञानेन्द्र निरौलाले कम्पनीले प्रदान गर्ने सेवा, सुविधा र यात्रु–मैत्री योजनाबारे जानकारी दिएका थिए ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...