झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम
भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो ।
शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ ।
नेपालको चर्चित मोटिभेसनल अशोककुमार दाहालले प्रशिक्षण दिएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले विद्यालयको वातावरण, शिक्षण सिकाई, विद्यार्थीलाई गर्नुपर्ने व्यवहारका बारेमा प्रभावकारी ज्ञान प्राप्त गरेका थिए ।
प्याब्सन झापाका प्राक्षिक सल्लाहकार जनार्दन ढकालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्याब्सन कोशी प्रदेश बरिष्ट उपाध्यक्ष कोषराज प्याकुरेलेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाकि उपप्रमुख राधा कार्की, भद्रपुर वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, प्याब्सन कोशी प्रदेश सदस्य ध्रुव गौतम, भक्त कार्की,विद्यालयका संस्थापकर प्रिन्सिपललगायतको आतिथ्य रहेको थियो ।
झापा क्लस्टर प्याब्सनका उत्तम खनालले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
