मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो ।
हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोडमार्फत पत्रकारको दुर्घटना बीमा गरिएको हो । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका मेचीनगरका अध्यक्ष प्रकाश पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसंगै बीमा समेत लागू भएको छ ।
प्रेस क्लब मेचीनगरमा ६० पत्रकार आवद्ध छन् । त्रमिकरुपमा सबै सदस्यको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिने उपाध्यक्ष खगेन्द्र घिमिरेले बताए ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...