चारआली जेसीजको प्रकरण गोष्ठी भव्य रुपमा सम्पन्न
धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’ सम्पन्न भएको छ । धुलावारीको टाउनहलमा भव्य कार्यक्रमकाबीच गोष्ठी सम्पन्न भएको हो । “नेतृत्वमा जोश, उद्देश्यपूर्ण नेतृत्व” भन्ने मूल शीर्षकमा सम्पन्न सो गोष्ठीले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र नागरिक चेतनालाई प्राथमिकतामा राख्दै सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता चारआली जेसीजका २०२५ वर्षका शाखा अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिए भने कार्यक्रम संयोजन जेसी नविन खतिवडाले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख माननीय इन्दीरा राना मगर रहेकी थिइन् । वक्ताका रुपमा पूर्व संचारमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई, हिमालय टेलिभिजनका प्रधान सम्पादक तथा ‘यक्ष प्रश्न’ कार्यक्रमका प्रस्तोता राजेन्द्र बानियाँ, नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा चारआली जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी उत्सव भट्टराईद्वारा आस्था पाठ तथा जेसीज मिशन–भिजन वाचन गरिएको थियो ।गोष्ठीमा धुलावारी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी डिल्लीराम भण्डारी, संस्थापक अध्यक्ष जेसी विष्णु प्रसाद रिमाल, राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोईराला, कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटा, जेसी गणेश सापकोटा लगायतले शुभकामना मनत्व्य राखेका थिए ।
कार्यक्रममा ५०० भन्दा बढी सहभागीता रहेको थियो, जसमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जेसीज अभियन्ता, स्कुल–कलेजका विद्यार्थी, राजनीतिज्ञ, पूर्व र वर्तमान शाखा अध्यक्षहरू तथा बुद्धिजीवी वर्ग सहभागी थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...