काली खोलामा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । एसियन राजमार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो ।
काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । बिहान ९ बजेपछि बैकल्पिक मार्गबाट यातायात सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, धुलाबारीनजिक कल्भर्टमा पनि समस्या भएको छ ।
त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ । त्यस्तै बुट्टाबारी-चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...