पूर्व प्रगती आमा समुहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहको तेस्रो वार्षिक साधारण सभाको अवसर विविध कार्यक्रम भएको छ ।तेस्रो वार्षिक साधारण सभाको अवसरमा समुहले संस्थामा योगदान पु¥याउने आमाहरुलाई सम्मान समेत गरेको छ ।साधारण सभाका अवसरमा संस्थालाई योगदान गरेवापत संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल,पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमायाँ अधिकारी र पुष्पाकुमारी राईलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
आर्थीक बचत कार्यक्रम समेत गर्दै आएको संस्थाले असल ऋणीका रुपमा उषा राई ९उर्मीला०लाई प्रशंसा पत्रले सम्मान गरेको थियो । आमा समुहले बचत कार्यक्रमलाई समेत संचालन गर्दै आएकोमा तीन वर्षको शेयर र बचत रकम जम्मा गरेर ५८ लाख रुपैयाँ१ सय ८ जना समुहका सदस्यलाई सो कार्यक्रम वितरण समेत गरिएको थियो। संस्थाकी अध्यक्ष ईन्दिरा रायामाझीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा अध्यक्ष मुक्ति पौडेलले आमा समुहको कार्यप्रति वधाइ दिएका थिए । कार्यक्रममा स्थानीय सामाजिक अगुवा,आमा समुहका सदस्य,बाल क्लबका सदस्य,टोल विकासका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन संस्थाकी सचिव मिना भण्डारी ९पौडेल०ले गरेकी थिइन् । तीन वर्ष सम्मको आर्थीक कारोबारमा शेयर वापतको ५ हजार र मासिक १ हजारको बचत गरेर समुहमा बचत गर्ने आमाहरुलाई ५१ हजारका दरले वितरण गरिएको थियो ।पूर्व प्रगती आमा समुह मेची डाँडाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक चेतनामूलक गतिविधिहरु समेत गर्दै आएको छ ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

