कालिका सिमसार लागूऔषधको अखडा : ४३ जना पक्राउ
मेचीनगर । झापामा लागूऔषधको कारोबार यति धेरै भयावह बनेको छ कि मेचीनगरको कालिका सिमसारमा लागूऔषध खरिद बिक्री गर्नेहरुको हिजो मेला नै लाग्यो । लागूऔषधको कारोबार गर्नेहरुको भीड लागेपछि प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ अन्दाजी ६ बजे मेचीनगर नगरपालिका वडा न.११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले बिभिन्न स्थान बस्ने ४३ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागूऔषध कारोबारीहरु लागूऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ताहरु हुन् । कारोबारीहरु भाग्न सफल भएको बताइएको छ ।
पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । उनीहरुको साथबाट लागूऔषध बरामद भएको छ । त्यसको परिमाण खुलेको छैन । त्यस्तै १४ वटा मोटरसाइकल , एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
