मेचीनगरमा तीनदिने पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु
मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम मेचीनगरमा सुरु भएको छ । मेचीनगर प्रेस कल्बको आयोजनामा तीन दिने तालिम सुरु भएको हो ।
आज झापाको काँकरभिट्टा स्थित नमस्ते रिसोर्टमा तालिमको शुभारम्भ भएको छ । आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी गराएका थिए ।

मेचीनगर लगायत झापा जिल्लााका ५० बढी पत्रकारहरुको सहभागीता रहेको तालिममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य,पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल, अग्रज पत्रकार राजेन्द्र गौतम, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ, मेचीनगर प्रेस संयोजक अर्जुन कार्की, प्रेस सेन्टर कोसीका कोषाध्यक्ष झुलन रेग्मी,प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य दिलिप थापा, एमइटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेट्वाल, बालबालिका तथा शिक्षा संचार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संञ्चालन सचिव प्रविन अधिकारीले गरेका थिए । तीन दिन सम्म संञ्चालन हुने तालिमको समापन आइतबार हुनेछ ।

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



