दुर्घटनामा दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते
विराटनगर । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । इलाका प्रहरी कटारीका इन्स्पेक्टर कमल बजगाईँका अनुसार दुर्घटनामा दमक–३ निवासी ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी नगरपालिकाका कानून अधिकृत हुन् ।
मे. १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको थियो । वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


