माटो बचाउँन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ : डा.रेग्मी

मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् । विहीबार मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा.रेग्मीेले यस्तो कुरा बताएका हुन् ।
माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले माटोमा विषादीका रुपमा रसायनिक मल, किटनाषक औषधिले अम्लियपनको मात्रा बढेको र छारीयापन घटेकोले मानिस रोगी हुनुको कारण बताएका थिए ।
‘माटो बाँचे मात्र मानिस बाँच्ने भएकाले पहिला माटो बचाउँनु पर्छ’, डा.रेग्मीले भने–‘त्यसका लागि गोवरको मल, प्राङ्गारिक मल मात्र प्रयोग गर्नुपर्छ । माटोले मल खाओस्, न की मलले माटो नखाओस् । विषदि माटोले अन्न त्यसरी उत्पादन हुन्छ । अनि त्यहि उत्पादन भएका वस्तु खान्छौँ । विभिन्न घातक रोग लागेर विरामी हुनुको कारण त्यहि हो ।’ कार्यक्रमका अर्का प्रशिक्षक माटो बचाउँ राष्ट्रिय अभियानका सचिव पूर्व सांसद पदम भण्डारीले मान्छेले धेरै रक्सी खाएर माते जसरी माटोले पनि युरिया र डीएपी मल खाएर मातेको बताए । उनका अनुसार माटोको उपचार गर्न राज्यले यसमा ३० प्रतिशत लगानी गर्नु पर्छ ।
अर्की प्रशिक्षक अभियानकी उपाध्यक्ष एवम् भागवत बाचिका समेत रहेकी अम्बिका देवीले जुन कुरामा विकास हुनु पर्ने हो, त्यो कुरामा विकास नभएको बताइन् । उनले अक्सिजनमा पनि विषादी मिसिएकाले यसमा किसानलाई जागरुक बनाएर राज्यले नीति नियम बनाउनु पर्ने जिकिर गरिन् । त्यस्तै अभियानका सहसचिव संजोग लिम्बुले वर्षमा एक पटक माटो जाँच गर्नु पर्ने बताए । अर्गानिक खेती गर्न माटो जाँच गर्न आवश्यक रहेको उनको भनाई छ । यदि माटो जाँच नगर्ने कृषकको वडाले दिएका सेवासुविधा रोक्नु पर्नेमा जोड दिएका थिए ।
स्थानीय तहहरुले किसानका दुईफिट माटो काटेर फाल्ने र सोही ठाउँमा जंगलको माटो ल्याएर राखे केहि हदसम्म अम्लियपन घटने उनको दावी थियो । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, किसान, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा नं.३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले र सञ्चालन सामाजिक विकास शाखा प्रमुख सम्भु पौडेलले गरेका थिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...