मेचीनगर : बैशाख २२ देखि निलसरी महोत्सव आयोजना हुने
मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म झापाको मेचीनगर – ७ स्थित जोरसिमलमा निलसरी महोत्सव आयोजना हुने भएको छ ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । ‘झापामा पहिलोपटक बृहत तथा फरक प्रकृतिको महोत्सव गर्दैछौं, आयोजक समितिका सचिव सञ्जय मेचेले कार्यक्रमको बारेमा जानकारी गराउँदै भने, ‘सांस्कृतिक कार्यक्रम, फुटवल, स्वास्थ्य शिविर, प्यानल डिस्कसन लगायतका थुप्रै कार्यक्रम एक साथ सञ्चालन हुने छ ।’
महोत्सव तथा विविध कार्यक्रम सम्पन्न गर्न करिव ४० लाख ८६ हजार खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उनले कार्यक्रम पृथक र बृहत हुने भएकोले सबै क्षेत्रबाट सहयोगको अपेक्ष समेत गरेका छन् ।
आयोजक समितिका अध्यक्ष सुन्दर मेचेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीले जिल्लामै यस किसिमको पृथक कार्यक्रम पहिलोपटक आयोजना हुन लागेको भन्दै सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
श्री ३ जंगबहादु राणा र मेचे समुदायबीचको एतिहासिक सम्बन्ध र निलसरीको बारेमा पवन मेचेले चर्चा गरे । ‘निलसरीको छुट्टै पहिचान र इतिहास छ,’ उनले भने इतिहासलाई जीवन्तराख्न महोत्सव गर्दै छौं ।’
आयोजकको अनुसार पहिलो दिन बैशाक २२ गते उद्घाटन, साँस्कृतिक कार्यक्रम तथा फुटबल सञ्चालन हुने छ । दोस्रो दिनदेखि चौथो दिन सम्म स्वास्थ्य शिविर सञ्चालन हुने छ । पाँचौं र छैटौं दिन प्यानल डिस्कसन सातौं दिन सांस्कृतिक कार्यक्रम तथा रक्तदान सञ्चालन हुने बताइएको छ । आठौं दिन फुटवल फाइन खेल सहित महोत्सव सम्पन्न हुने छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
