मेचीनगरमा राजवंशी समुदायले हर्षोल्लास साथ मनाए सिरुवा

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७ ले मंगलबार हर्षोल्लासका साथ सिरुवा पर्व मनाएको छ ।
मेचीनगर – ७ स्थित सरस्वती प्राविको प्राङ्गडमा आयोजित कार्यक्रममा जातीय नृत्य, तथा गायन प्रस्तुत गरिएको थियो । जेष्ठ नागरिक बालबालिकादेखि युवाहरु सम्मिलित कार्यक्रममा सहभागिहरुले हिलो खेलेर रमाइलो गरेका थिए ।
उनीहरुले सामूहिक रूपमा काद ९हिलो० खेलेर सिरुवा पर्व मनाएका हुन् ।
नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायले मुख्य चाड सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जल सिरुवा र दोस्रो दिन कादो (हिलो) सिरुवा र तेस्रो दिन रङ दलेर सिरुवा मनाइने परम्परा रहेको कार्यक्रमका संयोजक बब्लु राजवंशीले बताए ।
आदिवासी कोच समुदायले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर यो पर्व मनाउने गर्दछन् । नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएकोउनले बताए ।
राजवंशी समाज विकास समिति मेचीनगर– ७ का अध्यक्ष बुधारु राजवंशीको सभापतित्व तथा राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रावंशीले राजवंशी समुदायको भाषा, संस्कार र संस्कृति ओझेलमा पर्दै गएको भन्दै त्यसको संरक्षणमा संगठित हुनु पर्ने बताए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका सामाजिक विकाश समिति संयोजक हृदय राजवंशी, समाजसेवी सन्तोष राजवंशी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा गायन तथा नृत्य विद्यामा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
समितिका सचिव प्रदिप राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन आदर्श माविकी शिक्षिका रुमा राजवंशीले गरेकी थिइन् । आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...