मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न

काँकडभिट्टा । झापाको मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न भएको छ । समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको अवसरमा भेट्रान रोड रेस सम्पन्न भएको हो ।
काँकडभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको रोड रेसमा ४७ जनाले सहभागिता जनाएका थिए । मेचीनगर–७ स्थित सत्तिघट्टाबाट शुरू गरेको दौड काँकडभिट्टा खेलमैदानमा समापन भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एव् प्रमुख सचेतक माननीय गोपाल तामाङले रिवन काटेर शुरू गरेका थिए ।
सहभागीहरू मध्ये रामेछापका होमलाल श्रेष्ठ प्रथम ३० हजार, दोस्रो काठमाडौंका धर्म महर्जनले २० हजार, तेस्रो रैवत बहादुर दाहालले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गरेका छन् । पुरस्कारसहित सम्पूर्ण व्यवस्थापन सजित र विमलाले गरेको भेट्रान रोड रेसका संयोजक राजु पौडलले बताए ।
रोड रेश प्रतियोगितामा ४० वर्ष भन्दा माथीका सहभागी थिए । बिजेताहरूलाई प्रदेश सांसद गोपाल तामाङले नगद मडल र प्रमाण पत्र प्रदान गरेका थिए । सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको तामाङ परिवारले बिगत कोरोना कालसंगै बिपन्न परिवारको स्वास्थ तथा अन्य समस्यामा समेत निरन्तर योगदान पुर्याउदै आएको छ । रोड रेस करिव ४ किल्लो मिटर तय गरिएको थियो ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...