मेचीनगरमा ‘बैशागु बथर’ मनाउने तयारी
मेचीनगर । मेचे समुदायको महानपर्व बैशागु बथरको अवसरमा झापाको मेचीनगरमा आगामी बैशाक ३ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
मेचे समाज शिवियारी आफत केन्द्रियकार्य समितिको आयोजनामा हुने कार्यक्रममा नेपाल तथा भारतको आशामबाट २५ सय बढी बिभिन्न जातजातिको सहभागिता रहने आयोजकले जनाएको छ ।
मेचे समुदायको कला, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलनमा पत्रकारसम्मेलन मार्फत जानकारी दिएको हो ।
‘सिमान्तकृत जातिको रुपमा रहेको मेचे समुदायको भाषा, कला तथा संस्कृति कमजोर बन्दै गएको छ, ’ मेचे समाज शिवियारी आफतका केन्द्रिय अध्यक्ष विरेन मेचेले पत्रकार सम्मेलनमा भने, झापा जिल्लामा मात्र सिमित रहेको मेचे समुदायको भाषा, कला र संस्कृतिको संरक्षण गर्न जरुरी छ ।’ उनले स्थानीय सबै जातातिको कला संस्कृति तथा झाँकी समेत प्रस्तुत गरिने जानकारी दिए ।
कार्यक्रमको उद्घाटन् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने भएका छन् भने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भारतको आशाम राज्यका विधान सभाको सभामुख विश्वजित दैमारी, सहभागि हुने भएका छन् ।
सोअवसरमा नवनिर्मित मेचे समुदायको भवन समेत उद्घाटन् गरिने आयोजकले जनाएको छ । कार्यक्रममा करिव २० लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।
झापाका ९ वटा पालिकामा मेचे समुदायको बसोबास रहेको छ । २०७८ सालको जनगणना अनुसार झापामो पाँच हजार १९३ जना मेचे समुदायको बसोबास रहेको केन्द्रीय सदस्य अमर मेचेले जानकारी दिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...