दुई दिवसीय ‘अरुणोदय उत्सव’ शुभारम्भ
मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालय, मेचीनगर-६ मा दुई दिवसीय‘अरुणोदय उत्सव तथा २९ औं वार्षिकोत्सव समारोह’ भव्य रूपमा शुभारम्भ भएको छ। कार्यक्रमको पहिलो दिन विविध जातजाति र सांस्कृतिक झल्किने प्रस्तुतिहरू, शैक्षिक प्रदर्शनी तथा विद्यार्थीको बहुप्रतिभा प्रदर्शनले कार्यक्रमलाई आकर्षक बनाएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ्गले उत्सवको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष, मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव होमनाथ भण्डारी, तथा नेशनल प्याब्सनका केन्द्रीय सचिव संजिव राई, प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचाल, नेशनल प्याब्सन मेचीनगरका उपाध्यक्ष एवम् सीताराम सामुदायिक अंग्रेजी मा।वि।का फाउण्डर प्रिन्सिपल, वडा नं। ६ का अध्यक्ष ललितबहादुर तामाङ्ग, कार्यपालिका सदस्य अन्जु थापा, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका सचिव विशाल तामाङ्ग र वडासदस्यहरु ध्रुवकुमार राई तथा सीमा रसाइलीको उपस्थित रहेको थियो। विद्यालयका निर्देशक रीता थापाले स्वागत गरेको कार्यक्रमको सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगिरथ राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नेहा रेग्मीले गरेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलका अनुसार, उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरे भने २७ गते दोस्रो दिन सो भन्दा माथिका विद्यार्थीहरूले प्रस्तुति दिनेछन् । पठन संस्कृतिलाई बढवा दिदै पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीको सृजनात्मकताको प्रवर्द्धनका लागि यो उत्सव आयोजना गरेको हो।
कार्यक्रममा विज्ञान प्रदर्शनी, परम्परागत सामग्री, पुस्तक तथा खेलकुद सामग्री, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला, दैनिक प्रयोग हुने खाद्य वस्तु, तथा नेवारी, राई, तामाङ, मगर, शेर्पा, राजबंशी लगायत जातजातिका परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो।
यसबाहेक, आँखा तथा दाँत परीक्षण, विद्यार्थी र अभिभावक सम्मान, स्काउटका सामग्री प्रदर्शनी तथा बिक्री वितरण, साथै अभिभावकद्वारा प्रस्तुत गीत, नृत्य लगायतका कार्यक्रमहरूसमेत उत्सवको आकर्षण बने।
विद्यालय प्रशासनका अनुसार, यस्ता गतिविधिहरूले विद्यार्थीमा आत्मविश्वास, सृजनात्मकता र सामाजिक सहभागिता अभिवृद्धि हुने विश्वास लिइएको छ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
