मेचीनगर वडा स्तरीय फुटबल : ११ र ९ फाइनलमा प्रबेश
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा मेचीनगर ११ र मेचीनगर ९ फाइनलमा प्रबेश गरेका छन ।
नव ज्योती निमाबिको खेल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले पछि फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । जितका लागि ११ का सुजल धिमाल, रन्जन धिमाल, प्रशु राई र निश्चल बानियाँले गोल गरेका थिए सागर बर्देवाको गोल हुन सकेन । यता मेचीनगर ५ कातर्फबाट राज क्षेत्री,बेद लिम्बू, ओबित लिम्बुले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच बिजेता टिमका गोलरक्षक सुजन बर्देवा भए ।
यसैगरी दोस्रो खेलमा मेचीनगर ९ ले मेचीनगर ६ लाई २-० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेस गरेको हो । जितका लागि रन्जित राइले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रन्जित लिम्बू भए ।
फाइनल खेल शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...