सामुहिक अभियान साकोसले मृत्यु बिमा वापत दियो पाँच लाख पन्ध्र हजार
धाइजन । सामुहिक अभियान वचत तथा ऋण सहकारी संस्था मेचिनगर – १२ ले मृत्यु भएको सेयर सदस्य पवित्रा राईका पति प्रेम राईलाई पाँच लाख पन्ध्र हजारको चेक हस्तान्तरण गरेको छ । पवित्राले सामुहिक अभियान साकोसवाट पाँच लाखको ऋण लिएकी थिइन् । उनले लिएको पाँच लाख ऋण मिनाह गरिएको र काजक्रिया वापतको रकम प्रदान गरिएको साकोसका अध्यक्ष जगत भट्टराईले बताए ।पवित्रा राईले लिएको ऋण वापतको बिमा आइ एमइ लाईफ इन्सोरेन्स मार्फत गरिएको थियो ।
ऋण बिमा बापतको रकम पाँच लाख र काजकिरिया बापतको रकम पन्ध्र हजार गरी पाँच लाख पन्ध्र हजार रुपैयाँ पवित्राका श्रीमान प्रेम राईलाई आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए ।
संस्थाले हरेक ऋणी सदस्यको ऋण बराबरको रकम बिमा गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रमको संचालन व्यवस्थापक भरत बरालले गरेका थिए । हरेक महिना उत्कृष्ट कार्य सम्पादन गरेबापत प्रदान गरिने मासिक उत्कृष्ट अवार्ड कर्मचारी सबिता भुर्तेललाई प्रदान गरिएको अध्यक्ष भट्टराईले बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
