बौद्धमोड इङलिस स्कुल वार्षिकोत्सव भब्य
बाहुनडाँगी । मेचीनगर–२ स्थित बौद्धमोड इङलिस स्कुलको ९ औं वार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । स्कुलले वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो ।
वार्षिक कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक र कविता लगायतका रोचक प्रस्तुतिहरुले अभिभावक तथा अतिथिहरुलाई उत्साहि बनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारद दुङगानाको सभातित्व तथा मेचीनगरमा पूर्व नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि आचार्यले व्यवहारीक र बैज्ञानिक शिक्षामा जोड दिए । उनले निजी विद्यालयहरुले विद्यार्थीको क्षमता विकासका लागि गरेको योगदानको खुलेर प्रशंसा गरे ।

मेचीनगर – २ का वडाध्यक्ष दिपक वराल, प्याब्सन मेचीनगर अध्यक्ष बिक्रम क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । वार्षिकोत्सव कार्यक्रमको सञ्चालन रुद्र अधिकारी र वाशु शर्माले गरेका थिए । वार्षिकोत्सव कार्यक्रमको स्वागत प्रिन्सिपल भावना राईले गरेकी थिइन् । विद्यालयका संस्थापक सचिन निरौलले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
