देवर्षि आश्रममा पुराण : भक्तजनको भीड
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ ।
आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको निर्माणकार्य पुरा गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको आश्रम तथा मन्दिर समितिका अध्यक्ष यदुनाथ खनालले बताए ।
सो क्षेत्रमा एक वर्ष अधि देखि मन्दिर निर्माणकार्य सुरु गरिएको छ भने देवर्षि आश्रम निर्माणको लागि बृहत कार्ययोजना अघि बढाइएको छ ।
पुराणमा आचार्य छन्दुराम भण्डारी प्रमुख बाचक र प। सोमनाथ खतिवडाको उपवाचकत्वमा संगीतमय कथा प्रवचन भइरहेको समितिका सदस्य अधिकारीले बताए ।
रात्री सत्संघमा समेत हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको उनको भनाइ छ ।
पुराण आगामी २७ गते सम्म सञ्चालन हुने छ । पुराण आयोजक समितिकी संयोजक गोमा खड्काले पुराणमा सहभागिभएर भागवत श्रवण गर्न तथा मन्दिर निर्माणको लागि यथाशक्य सहयोग गर्न आग्रह गरिन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...