देवर्षि आश्रममा पुराण : भक्तजनको भीड

मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ ।
आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको निर्माणकार्य पुरा गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको आश्रम तथा मन्दिर समितिका अध्यक्ष यदुनाथ खनालले बताए ।
सो क्षेत्रमा एक वर्ष अधि देखि मन्दिर निर्माणकार्य सुरु गरिएको छ भने देवर्षि आश्रम निर्माणको लागि बृहत कार्ययोजना अघि बढाइएको छ ।
पुराणमा आचार्य छन्दुराम भण्डारी प्रमुख बाचक र प। सोमनाथ खतिवडाको उपवाचकत्वमा संगीतमय कथा प्रवचन भइरहेको समितिका सदस्य अधिकारीले बताए ।
रात्री सत्संघमा समेत हरेक दिन भक्तजनहरुको संख्या बढ्दै गएको उनको भनाइ छ ।
पुराण आगामी २७ गते सम्म सञ्चालन हुने छ । पुराण आयोजक समितिकी संयोजक गोमा खड्काले पुराणमा सहभागिभएर भागवत श्रवण गर्न तथा मन्दिर निर्माणको लागि यथाशक्य सहयोग गर्न आग्रह गरिन् ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...