एमाले मेचीनगरले सम्झियो सहिद वीरेन राजबंशीलाई
मेचीनगर । नेकपा एमालेले आज सहिद वीरेन राजबंशीलाई सम्झिएको छ । ५ जनामध्ये सहिद योद्वा वीरेन राजबंशीको स्मृतिमा नेकपा एमाले मेचीनगरले आज ज्यामिरगढीमा सहिद राबंशीलाई सम्झिएका छन् ।
आज फागुन २१ गते सुखानीमा झापाका कम्युनिस्ट योद्वाहरू सहिद भएको दिन । आजैका दिन झापाका ५ जना योद्वाहरूलाई सुखानीमा प्रहरीले गोली हानेर मारेको दिन ।
२०२९ फागुन २१ गते तत्कालीन इलामको दानाबारीमा झापा विद्रोहका ५ जना योद्वाहरू वीरेन राजबंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानेर मारेको थियो ।
मेचीनगर-१५ स्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा आयोजित सभाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला थिए ।
प्रतिष्ठन परिसरमा रहेका सहिद राजबंशीको सालिकमा माल्यार्पण गरेर सुरु भएको सभामा प्रमुख अतिथि कोइरालाले एउटा क्रान्ति पूरा भए पनि सहिदहरूको सपना पूरा नभएको बताए ।
सभामा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ, कम्युनिस्ट योद्धा एवम् अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तबय राखेका थिए ।
नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमलाल गौतमले स्वागत गरेका थिए । गौतमले प्रतिष्ठानको गतिविधिको चर्चा गरेका थिए ।
सभामा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र र वुहारी विमला राजबंशी, सहिद परिवारका कुमार मेचे, झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका योद्वा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो ।
सभामा एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख एवम् एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, एमाले कोशी प्रदेश कमिटी श्रीप्रसाद मैनाली, देवकुमार राई लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सभामा राजबंशी भाषाको गीतमा राजबंशी समुदायका युवायुवतीहरूले आफ्नो परिहनमा नृत्य प्रस्तुत गरेका थिए । सभाको सञ्चालन एमाले मेचीनगर-१५ वडा कमिटीका अध्यक्ष चेतन बिष्टले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
