झापा एफसी र झापा गोल्डकपबीच सम्झौता

बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ ।
बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो ।
सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथ सम्झौतामा सहकार्य रहने सहमति भएको छ ।
सम्झौतामा झापा गोल्डकपका अध्यक्ष केदार गिरी तथा झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत झापा गोल्डकप आयोजक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...