झापा एफसी र झापा गोल्डकपबीच सम्झौता
बिर्तामोड । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ ।
बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो ।
सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथ सम्झौतामा सहकार्य रहने सहमति भएको छ ।
सम्झौतामा झापा गोल्डकपका अध्यक्ष केदार गिरी तथा झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत झापा गोल्डकप आयोजक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
