होटल मेची क्राउन पुनः आफ्नै ब्रान्ड र व्यवस्थापनमा
मेचीनगर । झापाको मेचीनगर -८ मा सञ्चालित पुर्वकै एकमात्र डिलक्स पाँचतारे होटल मेची क्राउन पुनः आफ्नै मौलिक ब्रान्ड र व्यवस्थापनमा फर्किएको छ।
यसअघि होटलको व्यवस्थापनमा भारतिय कम्पनि उडान मार्फत सञ्चालन हुँदै आएपनि केही समयको सहकार्यपछि होटलले उडानसँगको सम्झौता रद्ध गरि आफ्नै पहिचानसहित सेवा प्रवाह गर्न थालेको हो। होटल मेची क्राउनको व्यवस्थापन टोलीले पाहुनाहरूलाई उत्कृष्ट सेवा, विलासी अनुभव, र सहज आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पुनः आफ्नै ब्रान्डमा फर्किएपछि होटलले गुणस्तरीय सेवा, आधुनिक सुविधा, र पाहुनाहरूको सन्तुष्टिलाई प्राथमिकता दिने जनाएको छ। मेची क्राउन पूर्वी नेपालको एकमात्र फाइभ(स्टार डिलक्स होटल हो, जहाँ सुविधा सम्पन्न कोठा, क्यासिनो, रेष्टुरेन्ट, मिटिङ हल, तथा अन्य विलासी सेवाहरू उपलब्ध छन्।
व्यवस्थापनले पाहुनाहरूलाई अझ उत्कृष्ट अनुभव दिन थप सुधार र नवीन सेवाहरू ल्याउने योजना बनाएको छ। उडानसँगको सहकार्यले सोचेजस्तो सफलता हात नपरेको तथा पाहुनाहरुले मेची क्राउनकै मौलिक शैली मन पराएकाले उडानसँगको सम्झौता रद्ध गरिएको बुझिएको छ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
