फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई
मेचीनगर । आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८१ को उपाधी धुलावारी माध्यमिक विद्यालयले उचालेको छ । प्रगतिशील युवा क्लवले आयोजना गरेको फुटसल प्रतियोगिताको उचालेको हो ।
शनिवार (आज) धुलावारी फुटसल एरिनामा सम्पन्न आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८१ मा मेचीनगर–१० का ७ वटा विद्यालयलाई पछि पार्दै धुलावारी माविले उपाधी हात पारेको छ । प्रतियोगिताको विजेताले नगद १०,००० रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा शिशु साक्षर आधारभूत विद्यालय उपविजेता बनेको छ ।उपविजेता बनेको शिशु साक्षर आ.वि.ले नगद ७,०००रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोल रक्षक शिशु साक्षर आविका गोल रक्षक राहुल दनुवार भएका थिए ।

प्रगतिशील युवा क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक सानो कुमार लिम्वु, प्रमुख अतिथि नारायण खनाल साथै अतिथिमा चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली शिशु शाक्षर आवि का प्रध्यानाध्यापक लोकनाथ ढकाल, सारदा शिक्षा सदनका प्रध्यानाध्यापक अर्पण कार्की, धुलावारी माविका शिक्षक चेतन निरौला, प्रेस क्लव मेचीनगर अध्यक्ष प्रकाश पौडेल रोलिङ्ग क्लव धुलावारी सदस्य लक्षु वाँनिया, क्लवका सल्लाकार रोश्नी खनाल, वलाराम चिमरिया, मेदनी खनाल, बिभिन्न विद्यालयका शिक्षक, बाल क्लव अध्यक्षहरुको उपस्थििति रहेको थियो ।कार्यक्रमको संचालन क्लवका कोषाध्यक्ष सुजन घिमिरेले गरेका थिए ।
आज भएको प्रतियोगितामा प्रेस क्लव मेचीनगर र आयोजक साथै मेचीनगर १० का शान्ति समाज बाल क्लव र टिकापुर बाल क्लव विच मैत्री पुर्ण खेल समेत भएको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


