घाइते पत्रकार प्रधानलाई प्रेस क्लव मेचीनगरको २० हजार सहयोग
बिर्तामोड । प्रेस क्लव मेचीनगरले सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई २० हजार रुपैयाँ सहयोग गरेको छ ।
क्लवले सदस्यबाट संकलन भएको रकम घाइते पत्रकार प्रधानलाई प्रदान गरिएको हो । प्रधानको उपचारमा सहयोग पुग्ने गरी २० हजार रुपैयाँ हस्तान्तरण गरिएको प्रेस क्लव मेचीनगरका नवनिर्वाचित सचिव प्रविन अधिकारीले बताए ।
प्रधानको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्न प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे हस्पिटल पुगेका थिए।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


