बालापनको उमेर–२ : आन्भी र आयंकाको उत्कृष्ट अभिनय
झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो।
उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो।
बालापनको उमेर २ मा बाल कलाकारहरु आन्भी ओली र आयंका कार्की छन् भने उनिहरुलाई अभिनेत्री प्रियंका कार्कीले साथ दिएकी छिन्। आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन्। यो उनको पहिलो म्युजिक भिडियो हो। प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । भिडियोमा भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन रहेको छ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
