पारिजातको खेलकुद प्रतियोगितामा रातो सदन प्रथम
धुलाबारी । मेचीनगर–९, खुट्टीडाँगीमा सञ्चालित पारिजात पब्लिक स्कूलको अन्तर हाउस फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
धुलाबारी फुटसलमा सम्पन्न प्रतियोगिता अन्तर्गत जुनियर प्राइमरी स्तरको खेलमा ब्लू हाउसले यलो हाउसलाई ३–० ले पराजित गर्दै सानदार जित निकाल्यो भने छात्रा (लोअर सेकेन्डरी) तर्फ यलो हाउसले ब्लू हाउसलाई १–० को झिनो अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ ।
यस्तै, छात्र (लोअर सेकेन्डरी) तर्फ ग्रीन हाउसले ब्लू हाउसलाई २–० ले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । प्रतियोगितामा जुनियर फुटबलको उत्कृष्ट गोलकिपर साइमन पाठक, म्यान अफ द म्याच सोजल न्यौपाने, म्यान अफ द टुर्नामेन्ट रिदम ढकाल, उदयीमान खेलाडी समर्पण काफ्ले र उत्कृष्ट डिफेन्डरमा मिकाल नुगो घोषित भए ।

यस्तै, छात्रा फुटबलतर्फ उत्कृष्ट डिफेन्डर अमृता तामाङ, उत्कृष्ट गोलकिपर इशिता गुरागाईं, म्यान अफ द म्याच दिव्या आचार्य, म्यान अफ द टुर्नामेन्ट सदिक्षा भण्डारी भइन् । यसैगरी, छात्र फुटबलतर्फ उत्कृष्ट डिफेन्डरमा विवेक राजवंशी, उत्कृष्ट गोलकिपर आर्यन चौहान, म्यान अफ द म्याच रोजन भट्टराई र म्यान अफ द टुर्नामेन्टमा अब्देश राई घोषित भए ।
सप्ताहव्यापी खेलकुद अन्तर्गत रातो सदन १०४ मेडलसहित यो वर्षको खेलकुदमा उत्कृष्ट सदन घोषित भएको छ भने पहेँलो सदन ७९ मेडलसहित दोस्रो, नीलो सदन ७४ मेडलसहित तेस्रो र ५७ मेडलसहित हरियो सदन चौथो बनेको पारिजात पब्लिक स्कूलका प्रिन्सिपल विनोद कुमार श्रेष्ठले जानकारी दिए । विभिन्न विधामा उत्कृष्ट बनेका विद्यार्थी खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा मागुरमाडी सामुदायिक वन समितिका अध्यक्ष अमर लिम्बु, रिदम क्लब धुलाबारीका अध्यक्ष रुद्र रोक्का, प्याब्सन मेचीनगर अध्यक्ष बिक्रम भेटवाल, उपाध्यक्ष सुरेन्द्र न्यौपाने, सदस्य विमल पौडेल, पत्रकार झुलन रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयकी क्याप्टेन जयन्ती बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक विशाल आचार्यले गरेका थिए । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको पारिजात पब्लिक स्कूलले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रम गर्दै आएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...