लक्ष्मीधापमाथि तुर्केनीको गोलवर्षा
नकलबन्दा । नकलबन्दामा जारी नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा तुर्केनी फुटबल क्लब विजयी भएको छ । लक्ष्मीधाप फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै तुर्केनी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको शुरुवातदेखि नै दवावमा राखेको तुर्केनी फुटबल क्लबका लागि असिम कार्कीले २ गोल गरे भने रोशन धिमाल, अभिषेक गुरुङ, रमेश कार्की र अर्जुन तामाङले १–१ गोल गरेका थिए । तुर्केनीका लागि असिम कार्कीले खेलको छैटौँ तथा ४० औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी, रोशन धिमालले खेलको ८ औँ, अभिषेक गुरुङले ५२ औँ, रमेश कार्कीले ५४ औँ र अर्जुन तामाङले ५८ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तुर्केनी फुटबल क्लबका असिम कार्की घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे ।
शनिबार नकलबन्दा स्पोर्टिङ क्लब र यलम्बर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व.टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि। रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन् ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुनामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
