मेचीनगर प्रवक्तामा दिपक बराल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको प्रवक्तामा दिपक बराल चयन भएका छन् । मेचीनगर नगर कार्यपालिकाको आज बसेकाे बैठकले मेचीनगर २ का वडाध्यक्ष समेत रहेका दिपक बराललाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
लामो समय बितिसक्दा समेत नगरपालिकाले प्रवक्ता तोक्न नसक्दा मेचीनगर आलोचीत जस्तै बनिरहेको थियो । तर, अब नगरपालिकाले प्रवक्ता पाएसंगै उक्त आलोचना बन्द भएको छ ।
मेचीनगरका जनप्रतिनिधि तथा सर्वसाधारण माझ लोकप्रिय वडाध्यक्ष बरालले नगर प्रवक्ताको जिम्मेवारी सम्हालेसंगै थप आशा नगरबासीमा थपिएर गएको छ । सामाजिक, राजनीति कार्यसंगै केही समय सञ्चार क्षेत्रमा समेत सक्रिय रहिसकेका उनीबाट अब नगरको सुशासन, सेवा र समग्र जानकारी यथाशीघ्र जनताले पाउने विश्वास लिइएको छ ।

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...