मेचीनगर : ‘एच.पि.भी खोप र अभियान २०८१’ को अभिमुखिकरण कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम एच.पि.भी खोप अभियान २०८१ पालिका स्तरीय खोप समन्वय समिति एकदिने अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भयो ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था, एच।पि।भी खोप र अभियानको ओैचित्यमाथि प्रकाश पारिन् ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एच।पि।भी खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउनु अभियानको मुख्य उदेश्य रहेको बताइन् ।
उनले नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयका कुल ५ हजार ९ सय ८२ जना छात्रा तथा विद्यालय बाहिरका कुल १ हजार ८२ गरी कुल ७ हजार ६४ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताइन् । त्यसको लागि मेचीनगरमा १७२ वटा केन्द्र मार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले २२ देखि २९ गतेसम्म सञ्चालन हुने जनाइन् ।
साथै यो खोप एक पटक लगाएपछि जीवनभर लगाउनु नपर्ने भएकाले सबै लक्षित किशोरीहरूलाई एच।पि।भी खोप अनिवार्य लगाउन सबै क्षेत्रले साथ र सहयोग गर्नुपर्ने बताइन् ।
अभिमुखीकरणमा नगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधिहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन,योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्तीसहित विभिन्न शाखाका प्रमुखहरू स्वास्थ्यकर्मी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
