चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख

झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
नेपालमा सञ्चालनमा रहेका मध्य आठवटा विमानस्थलको आम्दानी १ करोडभन्दा माथि छ । त्यसमा धनगढी, भरतपुर, जनकपुर, सिमरा, लुक्ला, सुर्खेत र रामेछाप विमानस्थल पर्छन् ।
प्राधिकरणका अनुसार देशभर रहेका त्रिभुवन विमानस्थल बाहेकका ३४ वटा विमानस्थलको आम्दानी १ अर्ब ३४ करोड छ । त्यसमा पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रूपैयाँ कमाएको छ ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...