मेचीनगर १० मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज १० नम्बर वडामा सम्पन्न भएको हो ।
पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९ र १० नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ५ वटा वडामा कार्यक्रम बाँकी रहेको छ ।
हालसम्म करिव एक हजार ४५० जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर १० मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका २०५ जना व्यक्तिहरु रहेका छन् । अशक्तहरुलाई अभियानमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरणका लागि सिफारिस गरिने कार्य सम्पन्न गरिएको मेचीनगर १० का कार्यवाहक वडाध्यक्ष सोम ओझाले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ । अभियानको एघारौं दिन बिहिबार मेचीनगर ११ मा रहने छ । उक्त वडाको कार्यक्रम ११ नं को स्वास्थ्य केन्द्रमा सञ्चालन हुने छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
