झापा नेशनल स्कूलमा ‘फ्लावर फेस्टिवल’

मेचीनगर । मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलै फूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूल सहितको गमला लिएर बाहिरी रहेका थिए । दृश्य देख्दा यस्तो लाग्थ्यो फूल नर्सरीमा फूल किन्ने मानिसहरुको भीड बढेको छ ।
मेचीनगरमा फरक प्रस्तुती दिँदै आएको झापा नेशनलले शुक्रबार ‘फ्लावर फेस्टिवल’ आयोजना गरेको थियो । विद्यार्थीहरुले आफैले गमलामा रोपेर हुर्काएका फूलका विरुवा विद्यालय परिसरमा सजाएका थिए । उनीहरुले विद्यालय पुगेका अभिभावकहरुलाई फूलको महत्व दर्साउँदै फूल रोप्ने तरिका सिकाए अनि गमला सहितको विरुवा विक्री गरे ।
मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ओलीले विद्यालय स्तरमा आयोजना गरिएको फ्लावर फेस्टिवल झापा जिल्लामा पहिलोपटक देखेको बताए । विद्यार्थीहरुको कृषि प्रतिको झुकाव देखेर उत्साहित बनेका ओलीले भने, ‘प्रकृति र वातावरणसँग नानीहरुलाई घुलमेल हुने अवसर विद्यालयले मिलाएको छ । यसले उनीहरुलाई वातावरण संरक्षणमा लाग्न प्रेरित गर्नुका साथै ब्यावसायिक पनि बनाउँछ ।’
उनले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत कृषि कार्यालयले गर्ने काम विद्यालयले गरेको भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरे । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र दिएर हुँदैन् उनले भने,’ब्यावसायिक कृषि देखि हरेक कुराको ज्ञान र सिप दिनु पर्छ ।’
सो अवसरमा विद्यालयका प्रिन्सिपल कमल भेट्वालले कार्यक्रमको औचित्य प्रकाश पार्दै झापा नेशनल स्कूलले विद्यार्थीको क्षमता विकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रमको सञ्चालन शिक्षिका तुलसा गौतमले गरेकी थिइन् ।

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...