काँकरभिट्टामा ‘प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप हुने

मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’ हुने भएको छ। काँकरभिट्टा तेक्वान्दो डोझाङ्गको आयोजनामा यही माघ १२ गतेदेखि प्रतियोगिता हुन लागेको हो।
खेलाडी उत्पादन गर्नुका साथै नेपाल भारतको सम्बन्ध खेलकुद क्षेत्रमा पनि सुमधुर बनाउने लक्ष्यका साथ नेपालको सिमावर्ती शहरमा पहिलो पटक अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको बिहिबार काँकरभिट्टामा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दियो ।
माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागि हुने छन् । त्यस्तै छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट समेत १५० बढी खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका संयोजक विशाल गिरीले जानकारी दिए।
उनका अनुसार दुईदिने प्रतियोगितामा सहभागी हुने नेपालका खेलाडीले २ हजार पाँच सय तथा भारतिय खेलाडीले ३ हजार पाँच सय भारु इन्ट्री फि बुझाउनुपर्ने छ । खेलाडीले इन्ट्री फि बुझाएपछि प्रतियोगितामा सहभागी हुनुका साथै खान बस्न सबै आयोजकले नै व्यवस्था गर्ने जानकारी दिए ।
प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। महिला र पुरुषको छुट्टा छुट्टै पुम्से र क्यारोगी ९फाइट० विधामा प्रतियोगिता हुने आयोजक काँकरभिट्टा तेक्वान्दो डोझाङ्गका अध्यक्ष विजय न्यौपानेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विजेता खेलाडीले नगदसहित ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रत्रकार सम्मेलनमा नर्थ बंगाल तेक्वान्दो एसोसियेसन अध्यक्ष प्रविन प्रधान, सिलुगढी तेक्वान्दो डोझाङ्ग अध्यक्ष प्रदिप्ता सरकार, नेपाल तेक्वान्दो संघ कोशी प्रदेश कार्यवाहक अध्यक्ष इश्वर बिक्रम शाह, प्रदेश सदस्य सन्जय राई, पूर्व झापा जिल्ला अध्यक्ष प्रदिप श्रेष्ठ, बक्सीङ्ग सुधिर तामाङ्गलगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...