बाहुनडाँगी जेसीजको अध्यक्षमा चम्लागाई
बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०२५ का लागि अध्यक्षमा नित्यानन्द चम्लागाई सर्वसम्मत चयन भएका छन् । आज निर्वाचन समितिका अनुसार बाहुनडाँगी जेसीज वर्ष २०२५ का लागि नित्यानन्द चम्लागाईको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन आयुक्त एवम् बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष हेमन्त मोक्तानले अध्यक्ष पदमा नित्यानन्द चम्लागाई, कार्यकारिणी उपाध्यक्षद्वयमा रोशन गिरी र किरण गौतम, उपाध्यक्षहरुमा विमल रणपहेली, रिना दर्जी, एलिस पौडेल र प्रबिण चापागाई सर्वसम्मत चयन भएको जानकारी दिए ।
यसैगरी महासचिव पदमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफ्ले र कोषाध्यक्षमा डिल्लीराज भारतीलाई मनोनित गरिएको बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले बताए ।
बाहुनडाँगी जेसीजको इतिहासमा नै नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आउन १५ दिनअघि विधान अनुसार साधारण सभा गरेर समयमा नै अधिवेशन गरेर नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको पहिलो पटक भएको अध्यक्ष बानियाँको भनाई छ ।
अध्यक्ष देबु बानियाको अध्यक्षतामा सम्पन्न निर्वाचनमा पुर्व अध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोते लगायतले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा पूर्व अध्यक्ष केवल निरौलाले गरेका थिए ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
