बाहुनडाँगी जेसीजको अध्यक्षमा चम्लागाई
बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०२५ का लागि अध्यक्षमा नित्यानन्द चम्लागाई सर्वसम्मत चयन भएका छन् । आज निर्वाचन समितिका अनुसार बाहुनडाँगी जेसीज वर्ष २०२५ का लागि नित्यानन्द चम्लागाईको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन आयुक्त एवम् बाहुनडाँगी जेसीजका पूर्व अध्यक्ष हेमन्त मोक्तानले अध्यक्ष पदमा नित्यानन्द चम्लागाई, कार्यकारिणी उपाध्यक्षद्वयमा रोशन गिरी र किरण गौतम, उपाध्यक्षहरुमा विमल रणपहेली, रिना दर्जी, एलिस पौडेल र प्रबिण चापागाई सर्वसम्मत चयन भएको जानकारी दिए ।
यसैगरी महासचिव पदमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफ्ले र कोषाध्यक्षमा डिल्लीराज भारतीलाई मनोनित गरिएको बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले बताए ।
बाहुनडाँगी जेसीजको इतिहासमा नै नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आउन १५ दिनअघि विधान अनुसार साधारण सभा गरेर समयमा नै अधिवेशन गरेर नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको पहिलो पटक भएको अध्यक्ष बानियाँको भनाई छ ।
अध्यक्ष देबु बानियाको अध्यक्षतामा सम्पन्न निर्वाचनमा पुर्व अध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोते लगायतले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा पूर्व अध्यक्ष केवल निरौलाले गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...