काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली

काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी० को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् ।
झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा अशोक राई र द्वितीय उपाध्यक्षमा युवराज मुखियालाई चयन गरेको छ । त्यस्तै, सेन्टरको महासचिवमा लाक्पा तामाङ, सचिवमा मानिक पौडेल र कोषाध्यक्षमा पेमनर्बु शेर्पा चयन भएका छन् ।
सदस्यहरुमा उत्तरबहादुर तामाङ, रोशन काफ्ले, आशिष गुरुङ, मन्दिरा डुम्जन, मुन्ना सुब्बा, भूमिका सुब्बा, सुवास रम्तेल र सुरेश तिवारी रहेका छन् । निवर्तमान अध्यक्ष मीनबहादुर बस्नेत पनि कार्यसमितिमा अध्यक्ष पछाडिको वरीयतामा रहनेछन् ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...