मेयर बुढाथोकीले चलाए डोजर, अब सरकारी जग्गा हडप्नेलाई नछाड्ने

झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले बिहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि-स्टेटले बर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेकाे दस बिगाहा बढी सरकारी जग्गा आफ्नो पकडमा ल्याएको हो ।
सरकारी स्वामित्वमा रहेको भएता पनि बर्षौदेखि मेचीनगर ५ स्थित प्राइभेट कम्पनी नकलबन्दा टि-स्टेटले उक्त जग्गा आफुखुसी ओगटी रहेको पाइएपछि बारम्बार ताकेता गर्दापनि त्यसलाई खासै चासो नदिएपछि नगरपालिकाले बाध्य भएर आज सरकारी स्वामित्वको १० बिगाह ५ कठ्ठा ७ धुर जग्गा नगरपालिकाले ओगटेको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । नकलबन्दा टि-स्टेटलाई नगरपालिकाबाट विभिन्न मितिमा सरकारी जग्गा खाली गरिदिन पत्र पठाइएकोमा त्यसलाई टि-स्टेट व्यवस्थापन समितिले बेवास्ता गरेको उनको भनाइ छ ।

नगर प्रमुख बुढाथोकीले झापा साविक नकलबन्दा ७ का कि.न.हरु ३७०, ३७१, ३७२, ३७३, ३७५, ३७६, ३७७,२७८,३७९, ३८०, ३८२, ३८३, ३८५, ३८६, ३८७, ३८९, ३९०, २३१, २३२, ३८४, ३८१ र ३९१ का जग्गाहरु मालपोत कार्यलय झापा भद्रपुरको मिति २०४८।६।२५ छुट जग्गा दर्ताको निर्णय पर्चाबाट दिनेश प्रसाद कानुको नाममा दर्ता भएका र दर्तावाल दिनेश प्रसाद कानुले उक्त जग्गाहरु र न.५७८क मिति२०५५।६।११को राजिनामबाट नकलबन्दा टि. स्टेट लाई बिक्रि गरि नकलबन्दा टि. स्टेटको नाममा कायम हुन गएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंङ्गाल काठमाडौको च.न. ७९० मिति २०६६/८/२२ को निर्णय कार्यन्यन गर्ने सम्बन्धि पत्र तथा सोहि पत्र बमोजिम मालपोत कार्यलय भद्रपुरको मिति २०६६/९/६को सदर टिप्पणीले नकलबन्दा टि स्टेटको नाममा कायम माथि उल्लेखित जग्गा बदर गरि नेपाल सरकारको नाममा कायम रहेको व्यहोरा मालपोत कार्यालय झापाले आफुहरूलाई जानकारी गराएको र सोही बमोजिम स्थानीय सरकारको तर्फबाट राज्यको सम्पत्ति संरक्षण सुरू गरिएको उनको भनाइ छ । अब यस जग्गालाई आवश्यक छलफल गरि भरपुर सदुपयोग गर्ने गरि नगरपालिका लाग्ने उनले बताए ।
यता स्थानीयबासीले नगरपालिकाको यो कदम स्वागतयोग्य रहेको बताए । अनुमानि बिना सरकारी जग्गा हडप्ने कार्य गलत भएको स्थानीय रामबहादुर राई बताउँछन् । उनले यस जग्गाको स्थानीय सरकारले आवश्यक प्रक्रिया पूरा गरि यथाशीघ्र सदुपयोग गर्नुपर्ने बताए । सरकारी जग्गा सरकारी तबरबाट उपभोग गरिएको भए धेरै राम्रो हुनेथियो । तर यसरी प्राइभेट कम्पनीले जग्गा हडप्दा समाज र देशलाई नै घाट भइरहेको अर्का स्थानीय रविन राउत बताउँछन् ।

यस क्षेत्रका समग्र स्थानीयले नगर प्रमुख बुढाथोकीको यो कदम प्रशंसनीय रहेको बताएका छन् । साथै अन्य क्षेत्रमा भएका यस्तै सरकारी जग्गा पनि चाडैं नगरपालिकाले सरकारको मातहतमा ल्याउन आग्रह गरे ।

उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, समाजसेवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।
एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएको पारिजात स्कूलमा सम्मान

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...
इष्ट होराइजन : एसईईमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...
काँकडभिट्टामा ईभी नेपाल यातायातको कार्यालय सञ्चालनमा

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...
झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...
मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...