बिर्तामोड झापा नकआउट फुटबल प्रतियोगिता हुने

बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउने छ भने उपविजेता टिमले नगद ५ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।
झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो ।
पत्रकार सम्मेलनमा गुरुङले फुटबलको राजनीति गरेर नेता बन्न भन्दा पनि फुटबलको विकास गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिता गर्न लागेको बताए ।
झापा–११ एफसीको प्रवर्धन तथा सञ्चालनका लागि विगतदेखि नै प्रतियोगिता आयोजना गर्ने उद्देश्य राखिए पनि कार्यान्वयन नभएकोमा चौतर्फी चर्चा हुने गरेको छ ।
११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलो पटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापा–११ च्याम्पियन बनेको थियो ।
त्यस्तै, विराट गोल्डकप, कटारी गोल्डकप, भाइभ्याली गोल्डकप, मानेभञ्ज्याङ गोल्डकप, भीमनारायण गोल्डकप, काँकरभिट्टा गोल्डकप लगायतका प्रतियोगिताहरुमा विजेता भएको झापा–११ सिक्किमको गभर्नर्स गोल्डकप र झापा गोल्डकपको पाँचौँ संस्करणसम्म उपविजेता बनेको थियो ।
यो सिजनको मोरङ स्थित बेलबारीमा सम्पन्न बेलबारी गोल्डकपको उपाधि हात पारेर उत्कृष्ट लयमा रहेको पुष्टि गरिसकेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो...

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को...

काँकरभिट्टा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा...

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती...