खुदुनाबारी गोल्डकपको फाइनलमा मेचीनगर र शिवसताक्षी भिड्दै
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । सोमवारको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो ।
मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान खमिर गिल्सन कन्दङ्वाले थप एक गोल गरेर मेचीनगर ६–१ को फराकिलो अन्तरले विजयी बनेको हो ।
भद्रपुरका लागि कर्ण लिम्बूले दोस्रो हाफमा सान्त्वना गोल गरे । पहिलो हाफको ३० औँ मिनेटपछि दवावमा परेको भद्रपुरका खेलाडीले अन्य स्कोर गर्न सकेनन् । आजको खेलमा मेचीनगरका सनम भुजेल म्यान अफ दि म्याच घोषत भए । उनले नगद ५ हजार र ट्रफी पाए ।
उनलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
मेचीनगरले उपाधिका लागि मंसिर ५ गते शिवसताक्षी नगरपालिकासँग फाइनल खेल्नेछ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा पुगेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
