नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइगत साधारण सभा सुरु
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं वार्षिक साधारण सभा अन्तर्गत एकाइगत साधारण सभा आइतबारदेखि सुरु भएको छ । आइतबार मेची एकाइ अन्तर्गत मेचीनगर – ८ स्थित किराँत याक्थुङ् चुम्लुङ्गको भवनमा सभा सम्पन्न भयो ।
इटाभट्टा सेवा केन्द्रका संयोजक कुमार ठाकुरको सभापतित्व एवम् मेचीनगर– ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धमलाले नेपालमा बैज्ञानिक र ब्यवसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नभएको बताए । ‘नेपालमा कृषि पेशामा लाग्नेहरुलाई हेप्ने चलन छ,’ उनले भने, ‘यो हेपिएको पेशा बन्दै गएको छ । कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्नु जरुरी छ ।’ यदि किसानले उत्पादन नगर्ने हो भने ब्यापारी, उद्योगपति र ब्यवसायिहरुले के खान्छन् रु उनले प्रश्न गरे ।
उनले पछिल्लो समय नेपालमा सहकारी संस्थाहरुले आफना सदस्यहरुलाई ब्यवसायिक कृषि उत्पादनमा लाग्न प्रोत्साहित गरिरहेको बताए । ‘सरकारले गर्ने काम सहकारीले गर्न थालेका छन्, ’ उनले भने, ‘नेपाल बहुउद्देश्यीय सहकारी संस्था देशमा छुट्टै पहिचान स्थापित गरेर अघि बढ्को छ । सदस्य केन्द्रित कार्यक्रमहरु अघि बढाएको छ । यसले आगामी दिनमा थप किसान लक्षित कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि धमलाले सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमिताका घट्नाले सदस्यहरुमा सहकारी प्रति विश्वासको संकट सिर्जना हुँदै गएकोले सदस्य तथा सञ्चालक समिति सजग र सचेत हुनेपर्ने बताए ।
कार्यक्रमको अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाकी केन्द्रिय प्रतिनिधि एवम सञ्चालक सदस्य सावित्रा दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
२०५० सालमा स्थापित सहकारी संस्थामा हाल १ लाख ६७ हजार ९११ जना सेयर सदस्य, १ अर्व ४० करोड १९ लाख ७ हजार ५०० रुपैयाँ सेयर पूँजी तथा १ अरव ७७ करोड ३४ लाख ८९ हजार ८५१ रुपैयाँ ब्यवसायमा लागानी विश्तार भएको तथा सहकारी संस्थाले २७ करोड ८८ लाख ७६ हजार ७११ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ । सहकारीले सदस्यहरुको स्वास्थ्य उपचारदेखि बिभिन्न सेवामुलक कार्यक्रमहरु आगामी योजनामा समेटेको छ । सेवाकेन्द्रका सदस्य तुलसी प्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेवाकेन्द्रका कार्यालय प्रमुख रामप्रसाद गौतमले गरेका थिए ।
बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा...
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ...
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६...