मेचीनगर : इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
आईतवार बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१.१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी वर्ष ४५ का डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोम उपचारका क्रममा ७.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



