कन्भेन्टले गर्यो शुभकामना आदान प्रदान
धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस बोर्डिङ स्कूलले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई वडा दशंैको शुभकामना दिँदै टिका लगाएर दक्षिणा समेत प्रदान गरेका थिए ।

सो अवसरमा विद्यालयकी कोअर्डिनेटर सीता भेटवालले समेत सहभागिहरुलाई टिका लगाएर आर्शिवाद दिएकी थिइन् ।
विद्यालयले हरेक वर्ष वडा दशैंको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई टिका लगाएर दक्षिण सहित शुभकामना दिँदै आएको विद्यालयका शिक्षक भेटवालले जानकारी दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले रोचक एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
