नकलबन्दा साकोसको १७ औँ वार्षिक साधारण सभा
नकलबन्दा । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था मेचीनगर –५ को १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष केशर प्रसाद तिम्सिनाको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाकार मेघराज गेलालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष तिम्सिनाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे ।
२०६४ सालमा ७८ जना शेयर सदस्यहरुको ७८ हजार शेयर रकमबाट सुरु भएको सहकारीमा हाल २१७५ जना शेयर सदस्य तथा ९५ लाख ३५ हजार ८२५ शेयर पूँजी पुगेको तथा संस्थाले १२ धुर जमिन खरिद गरी २ तले आफ्नै निजी भवन बनाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा अध्यक्ष तिम्सिनाले गत वर्ष गरिएका बिभिन्न कार्यक्रम, आगामी कार्यक्रम तथा योजनाका साथै संस्था सञ्चालनको लागि तयार पारिएका नयाँ १४ बुँदे कार्यविधि समेत छलफल तथा अनुमोदनका लागि प्रस्तुत गरेका थिए ।
साधारण सभामा औपचारिक कार्यक्रम भने भएन सभापतिको आसणग्रहण पछि साधारण सभाले बन्द सत्रको रुप लिएको थियो । संस्थाका पदाधिकारी , संस्थापक एवम पूर्व अध्यक्ष एवम् शेयर सदस्य हरुको उपस्थित रहेको थियो । यस पटक नयाँ कार्यविधि अनसार फरक शैलीमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
सो अवसरमा लेखा संयोजक टेकबहादुर धिमालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको अवसरमा संस्थाले अनिवार्य बचत खाता सञ्चालनकोलागि सदस्यहरुलाई आग्रह गरेको थियो । भने अधिकांश सदस्यहरुले अनिवार्य खाता सञ्चालनको लागि सहमति जनाउँदै खाता समेत खोलेको ब्यवस्थापक कुँवरले जानकारी दिए । सहकारीले हाल सुपथ मूल्य कृषि पसल समेत सञ्चालन गर्दै आएको छ ।
उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक महेन्द्र बहादुर कुँवरले गरेका थिए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

