छोरीको जन्मदिनमा मानव सेवा आश्रमलाई ओझा परिवारको सहयोग
मेचीनगर । मेचीनगर-१० धुलाबारी निवासी समाजसेवी सोम ओझाले आफ्नी सानी छोरी सिधिका ओझाको ५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग गरेका छन्।
मेचीनगर १० का वडा सदस्य समेत रहेका ओझा मेचीनगरको सामाजिक क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । उनले थुप्रै सामाजिक संघसंस्थामा सहयोग पुर्याउनुका साथै गरिब अशक्त तथा असाहय परिवारलाई नगद सहयोग गर्नुका साथै औंषधि र स्वास्थ्य सेवा पनि निस्शुल्क उपलब्ध गराउँदै आइरहेका छन् ।
उनै ओझा परिवारले सामाजिक कार्यलाई निरन्तरता दिदैं आज श्रीमती सुजता ओझा, छोरा सौजल ओझासहित आफू सरिक हुँदै आफ्नी सानी छोरीको जन्म उत्सवको अवसर पारेर मेचीनगर-४ बाहुण्डाँगीमा रहेको मानव सेवा आश्रमलाई नगद पाँच हजार एक सय नगदसहित आवश्यक औंषधि सहयोग गरेका हुन्।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



