धुलाबारीमा हिमालयन लाइफको अन्तरक्रिया
मेचीनगर । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि।कोशी प्रदेशको आयोजनामा मंगलबार मेचीनगरको धुलाबारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रममा काँकरभिट्टा, धुलाबारी र बुद्धशान्ति शाखा अन्तरर्गतका ६० जना सक्रिय अभिकर्ताहरुको सभागिता रहेको थियो ।
धुलाबारी शाखा प्रमुख गोपाल दाहालको सभापतित्व एवम् जोनल हेड नवीन थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश उपप्रमुख नवीन मिश्र थिए ।
सो अवसरमा प्रमुख अतिथि थापा र विशेष अतिथि मिश्रले जीवन बीमाको आवश्यक्ता र औचित्यमाथि प्रकाश पार्दै गाउँ –गाउँमा जीवन बीमा अभियान थाल्न एजेन्सीहरुलाई आग्रह गरे । उनीहरुले कम्पनीले ल्याएका नयाँ प्रोडक्टहरुको बारेमा समेत जानकारी गराएका थिए । सहभागि एजेन्सीहरुले समेत जीवन बीमा गराउँदा आइपर्नै समस्याका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई काँकरभिट्टा शाखाका शाखा प्रमुख रमेश तिम्सिनाले स्वागत गरेका थिए भने सञ्चालन बुधबारे शाखा प्रमुख कविराज मिश्रले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
