नेशनल प्याब्सन मेचीनगर : वक्तृत्वकला प्रतियोगिता
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले विविध कार्यक्रमका साथ संविधान दिवस मनाएको छ । दिवसको अवसरमा नेशनल प्याब्सनले बिहीबार नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
मेचीनगर १२ स्थित् दन्तकाली ईङ्गलिस बोर्डिङ्ग स्कुलको हलमा आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सिनियर तर्फ मेचीनगर– ९ स्थित् माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम भइन् । त्यसैगरी मेचीनगर– १२ स्थित् दन्तकाली इङ्लिस बोर्डिङ स्कूलकी शुभम पौडेल दोस्रो र मेचीनगर–९ स्थित् आदर्श विद्या मन्दिरकी आयुशा राई तेस्रो बन्न सफल भइन्।
जुनियर तर्फ मेचीनगर– १४ स्थित् सिताराम सामुदायिक अंग्रेजी मा। वि। कि आयुशा पौडेल प्रथम, मेचीनगर– १२ स्थित् दन्तकाली इङ्लिस बोर्डिङ स्कूलकी निपूर्ण पौडेल दोस्रो र मेचीनगर– ८ स्थित् सनसाइन ईङ्लिस बोर्डिङ्ग स्कुलकी भूमिका पौडेल तेस्रो भइन् ।
कार्यक्रममा जुनियर विद्यार्थीहरुले बालअधिकारको विषयमा र र सिनियर विद्यार्थीहरुले संविधानको कार्यानवयनमा चुनौती विषयमा बिचार राखेका थिए। विद्यार्थीहरुको प्रस्तुतीले सहभागि अतिथिहरुको ध्यान केन्द्रित गरेको थियो ।
नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्व तथा रेडियो मन्त्रका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला र त्रिदेव क्याम्पसका प्राध्यापक साबित्रा विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रम समितिका सचिव तथा सुप्रभा शुप्रभा ईङ्गलिस विद्या सदनका प्रिन्सिपल जीवन कट्टेलले सञ्चालन गरेका थिए ।
नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियो मन्त्रका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, त्रिदेव क्याम्पसका प्राध्यापक साबित्रा दाहाल, नेशनल प्याब्सनका सदस्य एवं आतिथ्य विद्यालयको संस्थापक गणेश काफ्ले र मा सरस्वती एजुकेसन फाउन्डेसनका शिक्षिका मञ्जु चिमरियाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक सूर्योदय इङ्लिस स्कूलका प्रिन्सिपल शिव मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी सबैलाई सहभागीताको सर्टिफिकेट तथा बिजेताहरुलाई ट्रफी, मेडल र सर्टिफिकेट दिइएको जानकारी समितिका अध्यक्ष कविन्द्र श्रेष्ठले जानकारी दिए ।
नेशनल प्याब्सन मेचीनगरका उपाध्यक्ष एवं सिताराम अंग्रेजी मा। वि।का प्रिन्सिपल राजेश निरौलाले स्वागत गरेको कार्यक्मिक्रमको सञ्चालन समितिका सचिव तथा सुप्रभा शुप्रभा ईङ्गलिस विद्या सदनका प्रिन्सिपल जीवन कट्टेलले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
