मेचे जातिका बारेमा पहिलो पटक चलचित्र निर्माण
बिर्तामोड । पूर्वी नेपालको लोपोन्मुख मेचे जातिका बारेमा पहिलो पटक नेपाली चलचित्र निर्माण भएको छ । मेचे जातिको संस्कार संस्कृतिका बारेमा ‘बिक्रम देवा’ नामक नेपाली चलचित्र निर्माण भएको हो । जुन चलचित्रको यही असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुने भएको छ । चलचित्र निर्माण टोलीले बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रिमियर शोका बारेमा जानकारी दिएको हो ।
लोपोन्मुख मेचे जातिको संस्कार संस्कृतिलाई उजागर गर्ने उद्धेश्यले पहिलो पटक ठूलो पर्दामा बिक्रम देवा चलचित्र निर्माण गरिएको निर्माता प्रताप मेचेले बताए । चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे जातिको भाषा, धर्म, संस्कार, रीतिरिवाज समेटिएको र ७० प्रतिशत नेपाली भाषामा आधारित रहेको अर्का निर्माता अर्जुन मेचेले बताए । कुमार केसीको निर्देशनमा निर्माण भएको बिक्रम देवामा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, बिपिन प्रसाई, रोहन सेन्चुरी, रबिन मेचे, सत्यम मेचे, टेकराज बिक, अमर मेचेलगायत कलाकारहरुको अभिनय रहेको छ ।
जय भोले बाबा फिल्मस्को प्रोडक्सन रहेको चलचित्र बिक्रम देवामा उपनिर्देशन निशानजेन तामाङ, कोरियोग्राफी कमल राई, एक्सन निर्देशन सन्तोष भुजेलको रहेको छ । बिक्रम देवा चलचित्र एक करोड २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र इलाम र झापाका बिभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायांकन गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा चलचित्र बिक्रम देवाको पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
