आदर्श विद्या मन्दिरको आयोजनामा वक्तृत्वकला प्रतियोगिता
मेचीनगर । मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.ले संविधान दिवसको अवसर पारेर मंगलबार विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
मेचीनगर सहकारीको सभा हलमा आयोजित प्रतियोगितामा जुनियरतर्फ कक्षा १ देखि ५ बाट छनौट भएका १० जना विद्यार्थी र सिनियर तर्फ कक्षा ६ देखि कक्षा १० बाट छनौट भएका १३ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा जुनियरतर्फ कक्षा ४ कि छात्रा रिद्दिमा घिमिरे प्रथम, कक्षा ५ कि परि तामाङ दोस्रो र कक्षा ५ कि अविस्का लिम्बु तेस्रो भएका थिए । सिनियरतर्फ कक्षा ८ कि आरोही श्रेष्ठ प्रथम, कक्षा ९ कि दिव्याङ्का खत्री दोस्रो र कक्षा ९ कि आयुसा राई तेस्रो भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार रेग्मीको सभापतित्व तथा मेचीनगर–९ का वडा अध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तामाङले आदर्श विद्या मन्दिरले विद्यार्थीहरुको पढाइ सँगसँगै उनीहरुको अन्तर्निहित क्षमता विकास र प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र यस वर्ष एसईईमा शतप्रतिशत नतिजा ल्याएको भन्दै विद्यालयलाई बधाई तथा धन्यवाद दिए । उनले विद्यार्थीहरुले राम्रोसँगले प्रस्तुति दिएको भन्दै सहभागी सबै विद्यार्थीहरुको मुक्त कण्ठले प्रशंसा गरे ।

कार्यक्रमको विशेष अतिथि नेशनल प्याब्सन मेचीनगरका सचिव तथा शुप्रभा ईङ्गलिस विद्या सदनका प्रिन्सिपल जीवन कट्टेल र विद्यालयमा कार्यरत शिक्षिका खिलादेवी खनाल निर्णायक रहेको कार्यक्रममा शिक्षक जीवन कट्टेल विद्यार्थीलाई शुभकामना मन्तव्य र वक्तृत्व सम्बन्धि टिप्सहरु प्रदान गरेका थिए ।
सो अवसरमा यस अघि सम्पन्न चित्रकला प्रतियोगिताको विजेता विद्यार्थीहरुलाई विद्यालयक निर्देशक रिता थापा श्रेष्ठले पुरस्कार वितरण गरेकी थिइन् । चित्रकला प्रतियोगितामा जुनियरतर्फ कक्षा ४ कि शैलजा घिमिरे प्रथम, कक्षा ४ कि सिम्रन खातुन दोस्रो र कक्षा ५ को दिप्सन योङ्गहाङ्ग तेस्रो भएका थिए । त्यसैगरी सिनियर तर्फ कक्षा ७ कि प्रकृति श्रेष्ठ प्रथम, कक्षा ९ कि स्मारिका सुनुवार दोस्रो र कक्षा ९ कि रिया बलम्पाकी मगर तेस्रो भएका थिए ।
विद्यार्थीद्वय प्रिति तामाङ र प्रियंका मगरले सञ्चालन गरेको कार्यक्रममा विद्यालयको संस्थापक प्रिन्सिपल कविन्द्र श्रेष्ठले स्वागत गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...