रेडियो मन्त्रको वार्षिक उत्सवमा पुरस्कार वितरण
इटाभट्टा । रेडियो मन्त्र झापाले आज आफ्नो दोस्रो वार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्रले १०५।४ मेगाहर्जमा झापाको मेचीनगर(७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो ।
प्रसारणको दुई बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो प्रतियोगिता २०८१ का विजेताहरुलाई पुरस्कार वितरण समेत गरेको थियो ।
रेडियो मन्त्रका अध्यक्ष अनिसा गौतमको सभापतित्व तथा मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालकाको बिशेष आतिथ्यता रहेको थियो ।

रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले स्वागत तथा कार्यक्रमबारे जानकारी गराएको कार्यक्रमको सञ्चालन रेडियोकी स्टेशन मेनेजर मनिसा गौतमले गरेकी थिइन्।
हरितालिका तीज पर्वको अवसरमा रेडियो मन्त्रले फेसबुक पेज मार्फत सञ्चालन गरेको भिडियो प्रतियोगितामा बिर्तामोड ४ का सरिता बराल प्रथम, मेचीनगर १ का बिश्मिता घिमिरे दोस्रो र कनकाई नगरपालिकाका पुजा संग्रौला तथा साथीहरुको समूह तेस्रो भएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार राजेन्द्र गौतम, पत्रकारहरु झुलन रेग्मी, प्रकाश पौडेल, दिलिप थापा, प्रकाश उप्रेती, प्रविन अधिकारी, गगन ढकाल, एक्टिभ समुह इट्टाभट्टाका संयोजक सिता गिरी पुरी सहित समूहका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
