स्टडी पार्कले विर्तामोडमा शैक्षिक मेला आयोजना गर्दै
बिर्तामोड । बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटी सेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो ।
आयोजक संस्था स्टडी पार्कले आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार विदेश अध्ययनका लागि जाने विद्यार्थी र अभिभावकलाई सहजताका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।
मंगलबार बिहान ९ बजेदेखि शुरु हुने शैक्षिक मेलामा विभिन्न पुस्तकका स्टल, स्वास्थ्य शिविरसहित ३०० वटा कलेजको जानकारी लिन सकिने छ, जहाँचाँही १० वटा भन्दा बढी स्टल रहने संयोजक बुढाथोकीले पत्रकार सम्मेलनमा बताए ।
उनले स्टडी पार्क एजुकेशनको इलाम बजार र फिक्कलमा पनि शाखा रहेको बताउँदै इलाममा रहेको शाखामा समेत असोज २ गते शैक्षिक मेलाको आयोजना गरिने बताएका छन् ।
विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको स्टडी पार्कले न्युनतम शुल्कमा लोकसेवाका कक्षाहरु पनि असोज ६ गतेदेखि सञ्चालन गर्ने सञ्चालक सरोज पौडेलले बताए ।
त्यस्तै पौडेलले स्टडी पार्कले ड्राइभिङ स्कुलको पनि कार्य गर्दै आएको र लोकसेवा आयोगको तयारी कक्षाका लागि ५० प्रतिशत छुट दिने समेत बताएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
